
बाँके । भारतबाट अवैध रुपमा नेपालगञ् ल्याउदै गरेको २५ थान मोबाइल सेटसहित नेपालगञ्जका एक व्यक्ति पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले विभिन्न कम्पनीका अवैध २५ थान मोबाइल सेटसहित नेपालगञ्ज–६ का अमर नाथ सोनीलाई पक्राउ गरेको हो ।
भे ५ प २६८१ नम्बर स्कुटीको डिक्कीमा उनले मोबाइल राखेका थिए । अन्दाजी ६ लाख ६५ हजार मुल्य बराबरको OPPO A5 S- ४ थान, REALME 5I -२ थान, NARZO 20 – ५ थान, REDMI NOTE 8 – १ थान, POCO X2 – १३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





