भुकम्पीय सुरक्षा मापनका लागि नेपालगञ्जमा नमूना अभ्यास

बाँके । नेपालगञ्जको भुकम्पीय सुरक्षा मापनका लागि नमूना संकलन गरिएको छ । नेपालगञ्ज शहरको भुकम्पीय सुरक्षा थाहा पाउनका लागि त्रिभुवन बिश्वबिद्यालयका प्रोफेसरहरुको टोलीले यहाँ मापन गरेको हो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत त्रिभुवन बिश्वबिद्यालयका भुगर्भशास्त्र बिभागका प्रोफेसर नेपालगञ्ज आएर भुकम्पीय सुरक्षा मापन गरेका हुन ।

राष्ट्रपति प्रोजेक्ट अन्तर्गत नेपालगन्ज शहर भुकम्पको मामिलामा कत्तिको जोखिमपूर्ण ? रहेको विषयमा अध्ययनका लागि त्रिभुवन भुगर्भशास्त्र बिभागका प्रोफेसर डा.सुमन पन्थी, डा.कमला कान्त आचार्य र डा.सुबेश घिमिरे लगायतका टोली नेपालगञ्ज पुगेर फर्किएको छ ।

नेपालगन्ज लगायत आसपासका शहरहरुका पनि भुकम्प मापन नमुना संकलन गरिएको छ । भुकम्प मापनका लागि नेपालगञ्ज हनुमत गौशालाबाट नमुना गरिएको छ ।

प्रोफेसरहरुको टोली करिब एक महिना बाहिर–बाहिर जिल्ला हुने भएकाले नमूनाको परिणाम एक महिना पछि नै सार्वजनिक हुने जनाइएको छ ।

बर्षेनी बढ्दै गएको शहरीकरणले भूकम्पीय जोखिम बढाउँदै गएको छ । त्यसमाथि पनि आचारसंहिता विपरित बनाइएका भौतिक संरचनाहरूका कारण नेपालका अधिकांश शहर भूकम्पीय जोखिममा रहेका छन् ।

पश्चिम नेपालमा भुकम्प जानसक्ने सम्भावनाहरु र यसले गर्न सक्ने क्षतिको तथ्यबारे यो अध्ययन गरिएको टोलीमा रहेका डा.घिमिरेले जानकारी दिनुभयो ।

हनुमानगढी मन्दिर संचालन तथा व्यवस्थापन समितिका सचिव एव अधिवक्ता बिश्वजित तिवारीका अनुसार पश्चिम नेपालको पुरानो शहरका रुपमा रहेको नेपालगञ्जमा भुकम्पीय जोखिम बढि देखिने हुँदा यहाँका धेरै ठाउँहरुमा भुकम्प सुरक्षाको अध्ययन हुनुपर्ने बताउनुभयो ।

नेपालगञ्जमा भुकम्पीय सुरक्षाका लागि उपमहानगरपालिकाले बनाएको भौतिक संरचनाको मापदण्ड कमै मात्रले कार्यान्वयन गर्ने देखिएको हुँदा जोखिम बढि नै रहेको तिवारीको भनाई छ ।

प्रोफेसरको टोलीले गौशालाको प्राङ्गणमा आएर भुकम्पीय सुरक्षा मापनका लागि केही अभ्यास गरेको र त्यसको प्रतिवेदन केही समयमा आउने बताएको सचिव तिवारीले जानकारी दिनुभयो ।

भुकम्पबाट जोखिनका लागि भौतिक संरचनालाई मात्रै मापदण्ड पुरा गरेर नभएर माटोको अवस्थाबारे समेत परिक्षण गर्नुपर्ने हुन्छ । तर जरिवानाबाट बच्नका लागि धेरैले भुकम्प प्रतिरोधी घर निर्माणमा कन्जुस्याई गर्ने गरेको देखिएको छ ।

Previous article२५ थान अबैध मोबाईल सेटसहित नेपालगञ्जका सोनी पक्राउ
Next articleबाँकेमा करिब ७७ प्रतिशत काेरोनामुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here