बाँकेमा करिब ७७ प्रतिशत काेरोनामुक्त

फाईल तस्बिर

बाँके । कोरोना संक्रमणबाट निको भई बाँकेमा सोमवार थप ४८ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकाँश होम आइसोलेशनमा बसेका थिए । सोमवार २० महिला र २८ पुरुष डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ७७ प्रतिशत व्यक्ति काेराेनामुक्त भएका छन् ।

हाल आइसोलेशनमा बाँकेका ३ सय ८० जना र अन्य जिल्लाका १५ गरी ३ सय ९५ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि भएको छ भने २१ जनाको मृत्युु भइसकेको छ ।

Previous articleभुकम्पीय सुरक्षा मापनका लागि नेपालगञ्जमा नमूना अभ्यास
Next articleअमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here