
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद गुरुङ्ग आउनु भएको छ । केही समयदेखि रिक्त उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा, जिन्सी शाखा प्रमुख ऋषिराज गौतम, पशु शाखा प्रमुख अशोक पाण्डे, शिक्षा शाखा प्रमुख सञ्जय कर्णलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो । यसअघिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलको सरुवा भएपछि सो पद रिक्त थियो ।
कार्यालयको जिम्मेवारी सम्हाल्दै गुरुङ्गले कानुनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैव कट्टिबद्ध भएर लाग्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले लामो समयदेखि देशका विभिन्न स्थानीय तहहरुमा काम गरेको आफुलाई राम्रो अनुभव रहेकाले काम गर्न निकै सहज हुने बताउनुभयो । कार्यालयमा हाजिर हँुदै प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले पालिकाका सबै शाखाका कर्मचारीहरुसंग परिचय तथा शाखाका काम कारवाही प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।





