एक वर्षमा सीमा नाकाबाट ५०७ जनाको उद्वार

नेपालगञ्ज । “हाम्रो आवाज चेलिबेटि बेचबिखन बाट मुक्त समाज” भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध आज शुक्रबार बिभिन्न क्षेत्रका मानिस एवं युवाहरु समेतसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्याय, समाजसेवी जित बहादुर थापा, बाँके नेपाली लेखक संघका उपाध्यक्ष मधु पौडेल, समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापा, माइती युवा संजालका संयोजक मेघ बहादुर खत्री, उपसंयोजक सुरेन्द्र चलाउने लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरक्रिया पश्चात सन्देशमुलक एक ¥याली कार्यक्रम गरिएको थियो । ¥यालीमा हामी सवैको एकता : मानव वेचविखनको निर्मुलता, आजको आवश्यकता : मानव वेचविखन रोकथाममा एकता, हामी सबैको एउटै आवाज : मानव बेचबिखन बाट मुक्त समाज जस्ता नाराहरु लेखिएको प्लेकार्ड र व्यानरसहित नेपाल भारत सीमा जमुनाहासम्म पुगेर जनचेतनाका लागि बिभिन्न सन्देशमुलक पोष्टर टाँस्नुका साथै अपिलहरु समेत बितरण गरिएको थियो ।

यस्तै शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । स्थापना दिवसको अवसरमै शनिबार बिहान ८ बजेदेखि माइती नेपाल नेपालगंज र समाज सेवा संस्था नेपालको संयुक्त सहकार्यमा कोहलपुर नगरपालिका वडा नं-१४ को वडा कार्यालयमा कार्यक्रम आयोजना गरिएको छ ।

संस्थाले समुदाय स्तरसम्म स्थानीय बिद्यार्थी, युवा, अभिभावक समेतको समुह गठन गरि थप शशक्तिकरण गरि परिचालन, सरकारी र गैरसरकारी निकायहरु समेतको दायित्वबोध एवं क्रियासिलतामा बृद्धि, अन्तरदेशीय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखन बिरुद्ध निर्मित ऐन, नियमहरु समेतको आवश्यकता अनुसार परिमार्जन भएका ऐन, नियमको प्रभावकारी कार्यान्यनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै आएको छ ।

२०४९ साल चैत्रमा “हाम्रो आवाज : चेलिबेटि बेचबिखन बाट मुक्त समाज” भन्ने मुल नाराका साथ स्थापना भएको यस माइती नेपालले नेपालका बिभिन्न मुख्यमुख्य नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्वार, भारत लगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्वार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायतका सेवा प्रदान गर्दै सिपमुलक तालिमसहित परिवार र समाजमा पुर्नमिलन लगायतका कार्य गर्दै आइरहेको छ ।

चालु वर्ष २०७९ मा जोखिमपुर्ण अवस्थामा रहेका ५०७ जना महिला बालबालिकालाई नेपाल भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उद्वार गरिएको छ, भने भारत तथा खाडीमुलुक समेतबाट १० जनाको उद्वार गरिएको संस्थाले जनाएको छ । यस एक वर्षको अवधिमा ७१२ जनाको खोज तलास तथा उद्धारको निबेदन परेकोमा २४६ जना फेला परेका छन्, भने घरेलु हिंसाका १० वटा घटनामा परामर्श प्रदान गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईरालाले जानकारी दिनुभयो ।

Previous articleडुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग
Next articleबैशाख १ गते राष्ट्रिय झण्डा दिवस, नेपालगञ्जमा तयारी शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here