
नेपालगञ्ज । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका ८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु भएको हो ।
विवेकको शव शुक्रबार मध्यान्ह करिव १२ बजे फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवलबहादुर सिंहले जानकारी दिनुभयो ।
मृतक बालकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।





