
काठमाण्डौं । बर्दियाली कलाकार समाजको अध्यक्षमा पुन कमल बिसी (माल्दाई) चयन हुनुभएको छ ।
समाजको शनिबार काठमाण्डौमा सम्पन्न प्रथम साधारणसभाबाट दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा बिसिलाई चयन गरिएको हो ।
साधारणसभाले समाजको उपाध्यक्षमा पूर्णकला बिसी, महासचिवमा बिपि वाग्ले, सचिवमा आर के थारु, कोषाध्यक्षमा अनिता चलाउने र सहकोषाध्यक्षमा अञ्जली अधिकारीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरु क्रमश : टिका जैसी, नरेश एम सि, सन्देश अधिकारी, अभि वाग्ले, अश्मिता पुरी, प्रिजोल भण्डारी, गगन सिङ्ग, युद्ध मगर, महिमा कुश्मि, केशव शाही र राजेश थारु चयन हुनुभएको छ ।





