कांग्रेस बाँकेद्धारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल पुगेर २०० जना विरामीहरुलाई फलफूल वितरण गरेको पार्टी सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेता कार्यकर्ता, अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल, कार्यकारी निर्देशक डा।निरज भट्टराई लगायत उपस्थिति रहेको थियो ।

सो क्रममा बोल्दै केन्द्रीय सदस्य बाल्मिकीले प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ मा कांग्रेसले गरेको अगुवाईका कारण व्यवस्था परिवर्तनको आधार बनेको बताउँदै जनआन्दोलनका सहिद, घाइते र सहभागीहरुलाई स्मरण गर्दै कांग्रेसले अब जनताको अवस्था परिवर्तनका लागि काम गर्ने बताउनुभयो ।

उहाँले कांग्रेस बाँकेले जनआन्दोलन दिवसलाई सम्झँदै पार्टीका मूर्धन्य नेता स्वर्गीय सुशिल कोइरालाको नाममा स्थापित अस्पतालका विरामीलाई फलफूल वितरण गरेर पूण्य काम गरेको बताउनुभयो ।

निवर्तमान सभापति कोइरालाले अस्पतालमा डाक्टर कर्मचारीको दरबन्दी र सेवासुविधाको अवस्था, स्रोत साधनको उपलब्धता, भोगिरहेका अप्ठेरा, विरामीहरुले पाइरहेको सेवा सुविधाका बारेमा जिज्ञासा राख्दा अस्पतालका कार्यकारी निर्देशक डा.भट्टराईले अस्पतालका बारेमा जानकारी गराउँदै विद्यमान समस्याहरुबारे पनि अबगत गराउनुभएको थियो ।

जिल्ला उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कोइरालाले गर्नुभएको थियो ।

कांग्रेस बाँकेले जनआन्दोलन दिवसका अवसरमा तीन वटै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत सम्पूर्ण प्रदेशसभा क्षेत्रीय कार्यसमिति, पालिका र वडाहरुमा सामाजिक र सिर्जनात्मक कार्यहरु गरेर जनआन्दोलन दिवस मनाउन गरेको आह्वान बमोजिम सबैतिर कार्यक्रमहरु गरिएको सचिव कोइरालाले बताउनुभयो ।

Previous articleस्वास्थ्य चौकी बेलभारका स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित
Next articleबोन टिबीपीडित थारुलाई कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्धारा सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here