
नेपालगञ्ज । नेकपा (एमाल)का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिमा एमालेसँग अन्य कुनै पनि दलको तुलना हुन नसक्ने बताउनु भएको छ ।
एमाले सरकारमा रहँदा विकासका सबै सूचकमा अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “एमालेका लागि भविष्य सुनौलो छ, दश दलीय अहिलेको गठबन्धन असफल हुनेछन् त्यसबाहेक बाँकी एमालेमात्रै हुनेछ, त्यसैले एमालेले अहिले सत्तालाई नभई जनता र राष्टको उन्नतीलाई लक्ष्य बनाएको छ ।”
उहाँले मुलुकमा अस्थिर राजनीतिले गर्दा युवा समूह मुलुक वाहिर जान बाध्य भएकोले युवालाई राष्ट्रिय राजनीति र धारमा कसरी लैजाने भन्ने दिशामा महाधिवेशन केन्द्रित गर्न सुझाव दिनुभयो ।





