
नेपालगञ्ज । नेपाल शिवसेनाले नेपालगन्ज बागेश्वरी पार्कमा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष किशोर लामाको सभापतित्वमा भएको कार्यक्रममा डा.जनार्दन आचार्य, डा.विनोद कर्ण, नेपालगञ्ज २ का वडाअध्यक्ष मनोज श्रेष्ठ, समाजसेवी राजकुमार रौनियार, कृष्णा पाण्डे, राजुमान आर्य, सुरेन्द्र बाडिया, अनुप बैश्य, दिपेश सिंह, बिरेन्द्र गहतराज, रबि बर्मा, राजकुमार आर्य, अनिल, बिजय गुरुङ , जितेन्द्र लोध, राजुमान श्रेष्ठ, धनधारी पाण्डे लगायत नेपाल शिवसेनाका सम्पुर्ण शिव सैनिकहरुको उपस्थिति रहेको थियो ।
नयाँ बर्ष शुभकामना आदानप्रदान सँगसँगै नेपाल शिवसेनाको परिचय, हिन्दू एकताबद्ध, हिन्दू राष्ट्र, हिन्दुमाथि हुने विभेद, शिव शैनिक एक्वद्धता ॐकार परिवार एक हौं, जस्ता बिषयमा अधिकांश वक्ताहरुले भनाई राख्नुभएको थियो ।
यस्तै कार्यक्रममार्फत नेपाल शिवसेनाका निवर्तमान केन्द्रीय अध्यक्ष श्रेष्ठ र रौनियारलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
शुभकामना कार्यक्रममा शिवसेनाका केन्द्रीय सदस्य राजेश कुमार यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिवसेनाका केन्द्रीय सचिव शेर बहादुर शाहीले सगठनको परिचय दिनुभएको थियो । कार्यक्रम केन्द्रीय महासचिव मंगल जिएमले संचालन गर्नुभएको थियो ।





