
नेपालगञ्ज । नेपालगन्ज जेसिजले बैशाख १ गते नयाँ वर्षको अवसरमा बागेश्वरी मन्दिरमा सरसफाई गरेको छ ।
जेसिज सप्ताह वर्ष २०२३ अन्तर्गत नयाँ वर्षको पहिलो दिनको अवसरमा सरसफाईसंगै दिनशुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा बागेश्वरी मन्दिरका गुरु, महाराज, नेपालगन्ज जेसिजका पुर्ब अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
नेपालगन्ज जेसिज बर्ष २०२३ का अध्यक्ष रोशन केसीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई जेसिजका वर्ष २०२३ का महासचिव मोहित बाबू शर्माले संचालन गर्नुभएको थियो ।
शुभकामना आदान प्रदान पश्चात बागेश्वरी मन्दिर परिसरको सरसफाई गरिएको कार्यक्रमका संयोजक उत्सव सिजाली मगरले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा नेपालगन्ज जेसिजका सदस्यहरु, जुनियर जेसिजका सदस्यहरु लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रमका सहसंयोजक रबि कुमार गुप्ताले बताउनुभयो ।







