
नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट ब्राउन सुगर बरामद गरिएको छ । शुक्रबार बिहान ९ बजेको विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले चेकजाँचको क्रममा एक युवकको साथबाट ब्राउन सुगर बरामद गरेको हाे ।
प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका वडा नं-२ बस्ने २२ वर्षीय अमुल क्षेत्रीको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो ।
श्री एरलायन्सबाट काठमाण्डौ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्राम ब्राउनसुगर फेला प्रहरीले पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राम बहादुर घर्ती मगरका अनुसार क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।





