बाँकेमा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम स्थगित

नेपालगञ्ज । देशभरका बालबालिकालाई आजदेखि भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ।

देशभरका प्रत्येक जिल्ला स्थानीय तहमा रहेका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएपनि बाँकेमा स्थगित भएको छ ।

बाँकेमा रहेको भिटामिन ए क्याप्सुल गुणस्तरहीन भएको भन्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले यो अभियानलाई स्थगित गरेको छ ।

सरकारले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उता बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-५ को ललहीमा औषधी खुवाउन भनेर स्थानीय खोप केन्द्र पुगेर फर्केका छन् । स्वास्थ्य कार्यालयले बाँकेमा यो कार्यक्रम स्थगित भएको सूचना प्रवाह नगरिदिँदा स्थानीय खोप केन्द्र पुगेर दुःख पाएको बताएका छन् ।

Previous articleप्रारम्भिक सिकाई पढाई सन्दर्भ सम्बन्धि ४० प्रकारको नमूना सामाग्री निर्माण
Next articleदेशभरका ५२ जिल्लामा पुग्यो डेंगुको संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here