ठुलाे मात्राकाे सुनका गहनासहित नेपालगन्जबाट दुई जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलाे मात्रामा सुनका गहनासहित दुई जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट करिब ४ किलो ९ सय २७ ग्राम सुनका गहनासहित दुई जना पक्राउ परेका हुन् ।

उनीहरूलाई नेपालगन्जको न्युरोडस्थित न्यू इन्द्रेणी होटलबाट गएराति पक्राउ गरिएको छ ।

विभिन्न गहनासहित विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी  शन्तोष सिंह राठौरले जानकारी दिनुभयाे ।
थप विवरण आउन बाँकी रहेकाे छ ।

Previous articleदेशभरका ५२ जिल्लामा पुग्यो डेंगुको संक्रमण
Next articleजेसिज सप्ताह : लागूऔषध सचेतना कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here