भर्ना कार्यक्रममा जाेड

बर्दिया । शैक्षिक शत्र २०८० विद्यार्थी भर्ना अभियानको नारा समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान तय गरिएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र शैक्षिक शत्र २०८० का लागि उक्त नारा तय गरेको हो । उक्त आदर्श वाक्यसहित शैक्षित्र सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको केन्द्रले जनाएको छ ।सोही आधारमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार आधारभूत रूपमा कार्यान्वय गर्न सबै स्थानीय तह र विद्यालयहरूलाई आग्रह गरेको छ ।

सोही आधारमा विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न हुन तथा शिक्षा विकास तथा समन्वय इकाईहरूले समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ ।

शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना २०८० वैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन अनुसार भर्ना अभियान शुरु गरिएको छ ।स्थानीय तहमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन कार्ययोजना अनुसार स्थानिय तहको शिक्षा युवा तथा खेलकुद शाखा योजना सहित बिधालयहरु भर्ना अभियान संचालन गरिरहेका छन् ।प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बर्दिया जिल्लाका ६ स्थानिय तह र बाँकेको खजुरा गाउपालीको समन्वयमा परियोजना संचालन भएका ३० वटा बिधालयका आफ्नो सेवा क्षेत्रभित्र बिधालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ, शिक्षक बालबालीकाहरुको संयुक्त टोल निर्माण गरि बालबालिकाको लगत संकलन, तिनीहरू विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा संचालन गरिएको छ ।भर्ना अभियानका क्रममा बिधालय बाहिर रहेका बालबालीकाहरुको पहिचान गरि उनीहरुलाइ समुदायको नजिक रहेका बिधालयमा भर्ना गर्न र टिकाइ राख्नका लागी स्थानिय निकाय शिक्षा युवा तथा खेलकुद शाखा संगको समन्वय गरि अगाडी बढ्ने योजना बनाएको सस्थाका परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleसिकाई किओस्क स्थापना, प्रभावकारी बनाउन समझदारी पत्र
Next articleलुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरी नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here