लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरी नियुक्त

नेपालगञ्ज । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ ।

बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । योसँगै उहाँ लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएको छ ।

दिउँसो साढे १ बजेतिर दाङको निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सभाका बहुमत सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । त्यसैको आधारमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।

प्रदेश प्रमुख शेरचनले वैशाख १२ गते संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा दिनुभएको थियो । उहाँको शपथ शुक्रबार बिहान साढे ११ बजेका लागि तोकिएको छ ।

Previous articleभर्ना कार्यक्रममा जाेड
Next articleबाजुरामा दुई पटक भूकम्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here