बाजुरामा दुई पटक भूकम्प

नेपालगञ्ज । बाजुरा जिल्लामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युड र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको थियो ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याएरनपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Previous articleलुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरी नियुक्त
Next articleश्रीलङ्कामा सयबढि प्रकारको औषधी अभाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here