‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान

नेपालगञ्ज । डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभियान संचालन गर्न अनुरोध गरेको छ । डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै अभियान सञ्चालनका लागि अनुरोध गरेको हो ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत् ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि आजदेखि हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराएर अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न मन्त्रालयले भनेको छ ।

गएको वर्ष डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Previous articleश्रीलङ्कामा सयबढि प्रकारको औषधी अभाव
Next articleशिक्षकहरुका लागि स्टिम सम्बन्धी शिक्षण तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here