
बर्दिया । बर्दिया जिल्लाका परियोजना संचालन भएका बिधालयका शिक्षकहरुका लागि स्टिम सम्बन्धी शिक्षण तालिम शुरु भएको छ ।
विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दिया जिल्लाका ६ स्थानीय तहका परियोजना संचालन भएका बिधालयका शिक्षकहरुका लागि स्टीम एजुकेशनका बारेमा गुलरियामा उक्त तालिम शुरु भएको हो ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दिया जिल्लाका ६ वटा स्थानीय तहको समन्वयमा सिकाइ परियोजना संचालन भएको विद्यालयका कक्षा शिक्षकहरुको सो तालिममा सहभागिता रहेको छ ।
तालिममा जिल्लाका ६ वटा स्थानीय तहमा परियोजना संचालन भएका विद्यालयका २५ जना कक्षा शिक्षकहरुका लागि शुरु गरिएको संस्थाले जनाएको छ ।
तालिममा सहभागि शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धती र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिबृद्धि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने बताईएको छ ।
स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले संचालन गर्नुभएको तालिमको उद्घाटन शत्रमार्फत सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गर्नुभएको थियो ।
तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने कार्यक्रम अधिकृत शर्माले बताउनुभयो ।
तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुने अपेक्षा गरिएको छ ।
तालिम सत्रमा सहभागीहरुलाई संस्थाको तर्फदेखि अध्यक्ष शिवलाल पाण्डेले सस्थाले बिगत लामो समयदेखि बर्दिया जिल्लाका स्थानियतहहरु संगको समन्वयमा काम गदै आइरहेको र परियोजनालाई सार्थक बनाउन सदैव सहयोग समन्वय भएको र काम गरिरहेका बिधालयम गुणस्तिर र प्रभावकारीता शिक्षा हासिलका लागी प्रयास गरिरहेको र भोली कर्णधारका रुपम तयार हुने भएकाले उनीहरुको शैक्षिक गुणस्तरमा कायम गर्ने हाम्रो जिम्मेवारी भएकाले यस तालिमले कोशे ढुगांको रुपमा रहने बताउनुभयो ।
परियोजना मार्फत भएका कृयाकलापले बिधालय तहको शिक्षा नमुनाका रुपमा स्थापित हुने अपेक्षा गरिएको र स्याक नेपाल तथा प्लान इन्टरनेशनल नेपाल को तर्फदेखि सबै सहभागीहरुलाइ स्वागत गर्नुभयो ।
१५ बैशाखदेखि शुरु गरिएको तालिम १७ बैशाख ३ दिनसम्म संचालन हुने र उक्त तालिमम सहजिकरण गर्न त्रिभुवन बिश्वबिधालयका सह प्रध्यापक कृष्ण कृष्ण खतिवडाले तालिम सहजिकरण गर्नुभएको छ ।





