
कृष्णानगर । कपिलवस्तु प्रहरीले कृष्णनगर नजिकै भारतीय सीमानाबाट १४ किलो चरेशसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलवार बेलुकी ६ बजे कृष्णनगरबाट भारत जाँदै गरेका चार जनालाई चेकजाँच गर्दा उनीहरूको साथबाट चरेश बरामद भएको थियाे ।
विशेष सुराकीको आधारमा दिउँसोदेखि नै सीमा क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । पक्राउ परेकाेमा तीन महिला र एक पुरूष छन् । उनीहरूले कम्मरमा पेटी बनाएर चरेश भारततर्फ लैजाँदै गरेका थिए ।
पक्राउ परेका चारैजना भरिया रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू बाग्लुङ निसीखोला गाउँपालिका वडा नं ६ बस्ने ३४ वर्षीय नकुल घर्ती मगर, साेही ठाउँ वडा नं ९ बस्ने ३७ वर्षीया दिल कुमारी घर्ती मगर, नं ६ बस्ने ३७ वर्षीया मनिषा घर्ती मगर र रुकुम पूर्व भुमे गाउँपालिका वडा नं १ बस्ने ४० वर्षीया दिलकुमारी घर्ती रहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयाे ।





