फेसबुक कम्पनी मेटामाथि पौने २ खर्ब जरिवाना

नेपालगञ्ज । सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटामाथि युरोपेली युनियनको गोपनियता नियामकले करिब पौने २ खर्ब रुपैयाँ अर्थात् १ अर्ब ३० करोड डलर जरिवाना गरेको छ ।

अन्य देशका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताका डाटाहरु अमेरिका पठाएको भन्दै इयूले मेटामाथि हालसम्मकै ठूलो जरिवाना गरेको हो । योसँगै गतवर्ष अमेजनमाथि लागेको ८२ करोड १२ लाख डलर जरिवानालाई मेटाले उछिनेको छ ।

युरोपेली युनियनले आफ्ना सदस्य मुलुकका फेसबुक तथा इन्स्टाग्रामका डाटाहरु समेत अमेरिका पठाउने मेटाको कार्यका कारण प्रयोगकर्ताका व्यक्तिगत जानकारी तथा सूचनाहरु अमेरिकी जासूसी एजेन्सीसम्म पनि पुग्नसक्ने आशंकाका कारण जरिवानाको निर्णय लिएको हो ।

आयरल्याण्डका डाटा संरक्षण आयुक्त हेलेन डिक्सनको नेतृत्वमा रहेको युरोपेली संघको नियामक निकायले फेसबुकद्धारा युरोपेली प्रयोगकर्ताका डाटाहरु स्थानान्तरण गर्नका लागि प्रयोग गरिएका कानूनी उपकरणमाथि प्रतिबन्ध लगाउने कार्यलाई समेत अन्तिम रुप दिइरहेको छ ।

अघिल्लो महिना उहाँले भन्नुभएको थियो, कि आइडिस डाटा संरक्षण आयोगसँग फेसबुकको आन्ध्र महासागरपार डाटा स्थानान्तरण रोक्नका लागि एक महिनाको समय बाँकी छ । यहीँ मे महिनाको अन्त्यसम्ममा मेटाको त्यस्तो काममा प्रतिबन्ध लगाउन सक्ने सम्भावना छ त्यसपछि फेसबुक प्रयोगकर्ताका डाटाहर आन्ध्र महासागरपार ट्रान्सफर हुने छैनन् ।

सन् २०२० मै युरोपेली सर्वोच्च अदालतले एक फैसला गर्दै युरोपेली युनियनबाट अमेरिकासम्म डाटा ट्रान्सफर सम्झौता अवैध भएको ठहर गरेको थियो । यसो गर्दा प्रयोगकर्तामाथि जासूसी हुनसक्ने तर्क उसको थियो । मेटालाई गतवर्ष यस्तो डाटा ट्रान्सफर कार्यका विषयमा चेतावनी दिइएको थियो। त्यसपछि युरोपमा फेसबुकको सेवालाई समेत निलम्बन गरिएको थियो।

गत जनवरीमा पनि आफ्नो इन्स्टान्ट मेसेजिंग प्लाटफर्म ह्वाट्सएपले युरोपेली संघको डाटा सुरक्षा नियमहरु उल्लंघन गरेको भन्दै मेटा कम्पनीमाथि जरिवाना भएको थियो। मेटामाथि आयरल्याण्डको नियामक निकायले थप ५५ लाख युरो जरिवाना लगाएको थियो।

त्यस्तै गतवर्ष डिसेम्बरमा पनि मेटाको इन्स्टाग्राम तथा फेसबुक प्लाटफर्मले यिनै नियमहरु उल्लंघन गरेको भन्दै युरोपेली संघले ३९ करोड युरो जरिवाना गरेको थियो । एजेन्सीको सहयोगमा

Previous articleपार्टीमा शुद्धिकरण आवश्यक : नेता डा.रिजाल
Next articleनरैनापुरको जमुनाहा गाउँमा आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here