स्वास्थ्यतर्फका नौं उच्च अधिकारीको जिम्मेवारी हेरफर

काठमाडौं । स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ९ उच्च अधिकारीहरुको जिम्‍मेवारी हेरफेर गर्नुभएको हो ।

मन्त्री बस्‍नेतले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा.बद्री रिजाल नियुक्त गर्नुभएको छ । ट्रमा सेन्टरमा यसअघिका मेसु डा.रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दास स्वास्थ्य मन्त्रालय तानिनुभएको छ । यस्तै, राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा.अनुज भट्टचनलाई दिइएको छ ।

तालिम केन्द्रका निर्देशक डा.यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । परोपराकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्री अधिकारीले पाउनुभएको छ ।

परोपकार प्रसुतिका निर्देशक डा.पवनजंग रायामाझी मन्त्रालय तानिएको स्रोतले जनाएको छ । यस्तै औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।

Previous articleबृहत रक्तदानमा १ सय २५ जनाद्धारा रक्तदान
Next articleखजुरा १ र २ का सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here