नेपालगन्जसंगै बाँकेका सात स्थानीय तह पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा

नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घाेषणा भएकाे छ ।

उपमहानगरपालिकाले बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरेर पालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरेकाे हाे ।

घाेषणासंगै उपमहानगरपालिकाले पालिका घाेषणालाई दिगोपनाको लागि प्रतिबद्धता समेत जनाएको छ । त्यसका लागि प्रतिबद्धता पत्र समेत जारी गरेकाे छ ।

नेपालगन्जका १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुले खोप पाएपछि पुर्ण खाेप पालिका घाेषणा गरिएको हाे ।

नेपालगन्जका २३ वटै वडाहरूमा रहेका लक्षित बालबालिकालाई खाेजी गरेर खाेपकाे पहुँचमा ल्याईएकाे छ । घाेषणा समारोहमा उपमहानगरपालिकाका प्रमुख एवं खाेप समन्वय समितिका संयाेजक प्रशान्त बिष्टले सबै वडाका वडा अध्यक्ष एंव वडास्तरीय खाेप समन्वय समिति संयाेजकलाई खाेप सुनिश्चितताकाे प्रमाणपत्र प्रदान गरेकाे थियाे ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयाेजक तथा जिल्ला खाेप समन्वय समिति संयाेजक समेत रहनुभएका ज्ञानेन्द्र चाैधरीले उपमहानगरपालिकालाई खाेप सुनिश्चितताकाे प्रमाण पत्र प्रदान गर्नुभएकाे थियाे ।

यसअिघ लक्षित उमेर समूहका सबै बालबालिकाले नपाएको एकिन गरि सबैले बालबालिकाले पुर्ण खोप पाएको सुनिश्चित गरिएको थियाे । स्थानीय तहले प्रत्येक वर्ष खाेप लगाउन छुटेका बालबालिकाकाे खाेजी गरेर खाेपकाे पहुँचमा ल्याउने गर्छ । लक्षित समूहका सबैले खाेप पाएपछि पालिकालाई घाेषणा गर्ने गरिएको नेपालगन्जका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुभयाे ।

यससंगै बाँकेका पाँच पालिका पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएका छन् । आठ स्थानीय तह रहेकाे जिल्लाकाे नेपालगन्जसंगै काेहलपुर नगरपालिका, खजुरा, डुडुवा, बैजनाथ, नरैनापुर र जानकी गाउँपालिका घाेषणा भएकाे स्वास्थ्य कार्यालय बाँकेका खाेप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।

Previous articleमनसुन पूर्वतयारी तथा रेडक्रस उपशाखा व्यवस्थापनका लागि नेपालगन्जमा गोष्ठी
Next articleमिटरब्याजीविरुद्ध दाङमा ३ सय ६२ वटा उजुरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here