मिटरब्याजीविरुद्ध दाङमा ३ सय ६२ वटा उजुरी

दाङ । दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी परेको छ । सरकारले गएकाे वैशाख १७ गतेदेखि जेठकाे तेस्रो हप्तासम्म दिएको समयसीमाभित्र दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी दर्ता भएकाे हाे ।

मिटरब्याज अर्थात् अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गएको चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेपछि दाङसहितका जिल्लामा मिटरब्याजीविरुद्ध अनलाइन आवेदन माग गरिएको थियाे ।

त्यही आधारमा आयोगले मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेकाे थियाे ।

प्रशासन कार्यालयमा १० हजारदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएको उजुरी परेको छ । छिनुवा पास, दृष्टि बन्धक, २०४६ सालको कारोबारको निवेदन पनि परेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार अनुचित लेनदेनमा भदौ ५ देखि असोज १२ गतेसम्म ८३ वटा निवेदन दर्ता भएकोमा दुवै पक्षलाई राखेर समाधान खोजेकोमा २६ वटा निवेदनमा मिलापत्र भएको छ ।

११ वटा मुद्दा अदालतमा पठाई फैसला गराउने काम भएको र ४१ वटामा छलफल बाँकी रहेको छ ।

अहिले अनलाइनमा तीन सय ६२ वटा उजुरी परेकाले विगतमा छलफलका क्रममा रहेका र नयाँ थपिएका आवेदनको बारेमा कसरी अघि बढ्ने भन्नेबारेमा आयोग, सरकारसँग पनि छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी वैद्यले जानकारी दिनुभयाे ।

Previous articleनेपालगन्जसंगै बाँकेका सात स्थानीय तह पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा
Next articleजानकी-५ स्थित लोकतान्त्रिक प्राबिका शिक्षकहरुको बिदाई तथा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here