
मानपुर । जानकी गाउँपालिका वडा नं-५ स्थित श्री लोकतान्त्रिक प्राथमिक बिधालय रामगाउँबाट सरुवा भई जान लागेका तीन जना शिक्षकहरुको ससम्मान बिदाई गरिएको छ ।
बिद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएको पञ्चकन्या अधिकारी, पुर्व प्रधानाध्यापक कल्पना घिमिरे र शिक्षक संयोगिता तिवारीलाई शुक्रबार बिद्यालयमा एक कार्यक्रममार्फ ससम्मान बिदाई गरिएको हो ।
यस्तै सरुवा भएर आउनुभएका ओम प्रकाश विश्वकर्मा, मिना नाथ र द्वारिका सिंह ससम्मान स्वागत गरिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष मन मोहन बर्माको अध्यक्षता उक्त स्वागत तथा बिदाई कार्यक्रम गरिएको थियो ।
बिभिन्न जिम्मेवारीमा रहेर कार्य गरेका शिक्षकहरुललाई दिएको जिम्मेवारी पूर्ण रुपमा पालना गरेको र इमान्दिारितापुर्वक आफ्नो पेशाप्रति वफादार देखिएको वक्ताहरुले आफ्नो भनाई राखेका थिए ।
यस्तै बिद्यालयमा नवप्रवेश शिक्षकहरुलाई बिद्यालयले प्रदान गर्ने बिभिन्न जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने आशा व्यक्त गरेका थिए ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति लक्ष्मण प्रसाद चमार, सदस्यहरु मुन्ना लाल महरा, कमल प्रसाद राढ, माधुरी राढ, गौमती चमार, बिस्नुमोहनी चमार, शिक्षक अभिभावक संघका सदस्यहरु रामदास चमार, सम्मारा चमार, संगिता चमार र सरिता राढ लगायत बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।





