सडक स्तरउन्नतीको माग गर्दै खजुरामा एक घण्टा चक्काजाम

हरि अधिकरी,
खजुरा । बाँकेको खजुरा बजारको सडक अस्त ब्यस्त र जिर्ण बन्दै गएको भन्दै खजुराबासीले बिहान खजुरा बजारमा चक्काजाम गरेका छन् । सडक स्तरउन्नतीको माग गर्दै खजुराबासीले बिहान एक घन्टा चक्काजाम गरेका छन ।

खजुरामा हाल सडकको अस्त ब्यस्तताका कारण हरेक गतिविधि सुस्ताएको स्थानीयहरु बताउँछन् । सडकको स्तरउन्नतीका लागि स्थानीयले बारम्बार सम्बन्धित पक्षलाई चेतावनी समेत दिएका छन् ।

बिगत चार बर्ष यतादेखि एकतर्फी बाटो बन्ने भयो भनेर हर्शित खजुराबासी यतिखेर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकरले आलटाल गरि कमिशनको चक्कर मा १८ सय मिटर बाटो पनि बनाउन नसकेको भन्दै स्थानीयहरु सडकमा उत्रिएका हुन ।

स्थानीय सरकारले भने बाटोको बिषयको बारेमा प्रदेश र केन्द्र समेतलाई जानकारी पठाई सकेको जानकरी दिएको छ । काम भन्दा बढी भाषण गर्न खप्पिस नेताहरु भने यो खजुराको सडकको बारेमा तातिएको देखिएको छैन ।

जुन नेता आएपनि बिकास भाषण मात्र गर्ने तर पारदर्शी तहले काम गरेको पाइएको छैन । जिल्लाको ३ न क्षेत्र कै मुख्य बजारको रूपमा रहनुका साथै बर्दिया जोडने मुख्य बाटोको रूपमा रहेको बाटो बाटो नबन्दा इतिहासले धिकार्ने समेत स्थानीयहरु बताउँछन । बाटो जबसम्म बन्दैन तबसम्म स्थानीयले यसरी नै दवाब दिईरहने चेतावनी समेत दिएका छन ।

खजुरालाई देशकै नमुना शहर बनाउन केही नेता कार्यकर्ताहरु निर्वाचनको समयमा नहोमिएका पनि होइन तर जनमतको निर्णय बिपरित गरेकोले यो सडकको हालत यो अवस्थामा पुगेको एकाथरिको टिप्पणी समेत रहएको छ ।

सडक बिस्तार गर्नेदेखि स्तरउन्नतिका सबालमा राजनीतिको प्रभावका कारण खजुरा क्षेत्रको हालतमा प्रगतिशील काम बन्दा कुरा बढी हुने गरेकोमा कसैको दुई मत भने छैन ।

Previous articleजानकी-५ स्थित लोकतान्त्रिक प्राबिका शिक्षकहरुको बिदाई तथा स्वागत
Next articleठाकुरबाबामा विद्यालयको सुधार योजना अद्यावधिक गर्न कार्ययोजनासहित कार्यशाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here