
ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकाभित्रका विद्यालयको सुधार योजना अद्यावधिक गर्ने कार्ययोजनासहित कार्यक्रम संचालन भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा ठाकुरबाबाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावणीय विशिष्टता समुह (वि-ग्रप) बाँकेको प्राविधिक सहयोगमा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रमको उदेश्य ठाकुरबाबा नगरपालिकाभित्रका २३ वटा सामुदायिक विद्यालयहरुले शैक्षिक वर्ष २०८० देखि २०८४ सम्मको ५ वर्षे विद्यालय सुधारको सुधार योजना बनाई विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनु रहेको छ ।
यस्तै ५ वर्षे विद्यालय सुधारका निति तथा कार्यबिधिहरु बनाएर लागु गरी विद्यार्थीहरुको शैक्षिक स्तरमा वृद्धी गर्ने र सबै विद्यार्थीहरुमा एकरुपता ल्याउनु पनि हो । यसैगरी कार्यक्रममा यस अघिका विद्यालय सुधार योजनाको विश्लेषण तथा छलफल, विद्यालय सुधार योजनाको नयाँ खाका प्रस्तुती र छलफल समेत गरीएको छ ।
विद्यालय सुधार योजनाको खाकामा विशेष गरी विद्यार्थीहरुको लागि आन्तरिक सक्षमताको अवस्था विद्यार्थीको सिकाई उपलब्धीको विवरण, बालीकाहरुको गुणस्तरीय शिक्षा र बिधालयमा नियमित उपस्थीती र टिकाइराख्नका लागी बिधालयको कार्ययोजना, बिधालयको आचारसंहिता निर्माण, गुनासो सुनवाई संयन्त्र, बिधालयको बृहत्तर सुरक्षा योजना बारे एकरुपता ल्याउनका लागी कार्ययोजना, बिधालयको बिपत् योजना र वालमैत्री तथा लैगिक अपागंतामैत्री निर्माणधिन शौचालय भौतिक सुविधाको अवस्था, विद्यालयको व्यवस्थापकिय प्रबन्ध, स्वास्थ्य, आमदानी र खर्च विवरण र शैक्षिक सामग्रीको विवरण लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको र साउन ६ गते सम्म बिधालयको सरोकारवाल निकाय संग मसौदा माथी छलफल तथा अन्तरकृया गरि बिधालय सुधार योजनाको अन्तिम रुप दिनका लागी साउन ७ गते बस्ने गरि आज समापन गरिएको भेरी वातावरणीय विशिष्टता समुह (वि-ग्रुप) बाँके का बालविवाह न्युनिकरण परियोजना प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बिद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका-२०७४ ले ब्यबस्था गरे अनुरुप बिधालयको योजना बनाउने गरिएको भएता पनि बिधालयको आवश्यकता र स्थानीय माग र अवसर लाइ मुख्य रुपमा राखी योजना निर्माण गर्दा योजना प्रभावकारी रहने बताउनुभयो ।
यस कार्यक्रमले आगामी दिनमा बिधालयको योजना सुधार भएर आउने अपेक्षा रहेको व्यक्त गर्नुभयो । अब बन्ने योजनाहरुमा आपतकालिन शिक्षाको योजना, बिपत् योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता बिषयहरु प्रभावकारी बनाउनका लागी यि योजना समेट्न जरुरी रहेको छ । र यसलाइ चुस्त दुरुस्त राख्नका लागि यस कार्यशालाले टेवा पुर्याउने बताउनु भयो ।
बालविवाह परियोजना मार्फत सस्थाले विद्यालयमा उपलब्ध सीमित स्रोत र साधनको अधिक्तम रुपमा सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणलाई प्रभावकारी वनाउन र विद्यालयमा सञ्चालन हुने हरेक क्रियाकलापमा समुदायको सकारात्मक सहभागिताको वृद्धि गराउन ।
शिक्षा क्षेत्रमा भएको विकेन्द्रिकरणलाई प्रभावकारी कार्यान्वयन गरि सेवा क्षेत्र भित्रका उमेर पुगेका वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउन विद्यालयको मौजुता शैक्षिक र भौतिक स्थितिको मूल्याङ्कन गरी भावी रणनीतिको तर्जुमा गरि विद्यालयको सर्वोत्तम हितका लागि समुदायको सकारात्मक सहभागितामा जोड दिनुपर्ने र परियोना बाट संचालन भएका कृयाकलापहरुको सस्थागत गर्नुपर्नेमा बि ग्रुप बाँकेका बालविवाह न्युनिकरण परियोजनाका प्रबन्धक बिर्खराज उपाध्यायले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले सार्वजानिक शिक्षा सुधारका लागि विभिन्न प्रतिबद्धना गरेको छ । संविधानले स्थानीय तहलाई कक्षा १२ सम्मको शिक्षा व्यवस्थापन गर्न दिएको अधिकार तथा शिक्षालाई मौलिकहगको रुपमा कक्षा १२ सम्मको शिक्षा आफ्नै पालिकामा प्रदान गर्नू नगर पालिकाको दायित्व र सो कार्यलाई पुर्णता दिन कक्षाकोठाको शिक्षण नतिजामा आधारित बनाई सुधार गर्न सार्वजानिक दायित्व,जवाफ देहिता र जिम्मेवारीको हिसावले विभिन्न प्रतिद्धता जाहेर गरेको छ ।
जसमा आफ्नो विषय र पेसाका लागि आवश्यक पर्ने आधारभुत जानकारीसहित सामग्रीसमेत आफै राखी प्रयोग गर्नेछु, विद्यालय र बाहिर समेत आफुलाई सदा अनुशासनमा राखी सार्वजानिक कर्तव्य र पेशागत मर्यादालाई उच्च् प्राथमिकतामा राख्नेछु, शिक्षण सिकाइमामा वाहेक कक्षाकोठामा मोवाइल फोन प्रयोग गर्नेछैन जस्ता अन्य २८ वटा प्रतिवद्धता प्रस्तु गरिएको छ ।
सबै अभिभावकले विद्यालयमा गई आफ्नो छोराछोरीको पढाईको बारेमा सोधपुछ गर्न आवश्यक रहेको छ । हकाय पछिल्लो समय बालविबहा हुने क्रम बढ्दै जाँदा बालविवहा न्युनिकरण गरी विद्यार्थीहरुको शैक्षिक अवस्थामा वृद्धी गरी बालबालिकाहरुको सानै उमेरमा हुने विवहा, बहु विबहा र जर्वजस्ती हुने विवहा अन्त्यका लागी यस बालविवाह परियोजनाले विशेष महत्वपुर्ण भुमिका खेलेको छ । यसै परियोजनाले समुदायमा बालविबहा न्युनिकरणमा सुधार भएको स्थानियको भनाई छ ।
बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासंग विवाह गर्ने वा गराउनेलाई पचहत्तर हजार रुपैयाँसम्म जरिवाना र तीन वर्ष सम्म कैद सजाय हुने र वीस वर्ष उमेर नपुगी गरिएको विवाह स्वतः बदर हुने ब्यवस्था रहेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ ९२० ण र दफा ७२ ९ख० तथा मुलुकी अपराध ९संहिता० ऐन २०७४ दफा १७३ ले समेत उल्लेख गरेको छ ।
हिजो शुक्रबार र आज शनीबार भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका २३ सामुदायिक विद्यालयका प्रधानाध्यापक, तथा , विद्यालयका शिक्षक कर्मचारी गरी ४६ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सभा्ध्क्षता ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले गर्नुभयको थियो ।
अतिथीहरुमा शिक्षाशाखा प्रमुख सिता भण्डारी, परीयोजना प्रमुख विर्खराज उपाध्याय, विगु्पका प्राविधिक संयोजक शर्मा, फिल्ड सुपर भाइजर विमला रावत र मायां खड्काको उपस्थिति सहभागीता रहेको थियो । कार्यक्रम संचालन ठाकुरबाबा नगरपालिकाका शिक्षा सुपरीवेक्षक नन्दराम अधिकारी र जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण आचार्यले गर्नुभएको हो ।





