२० औं विश्व रक्तदाता दिवस, उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै वृहत रक्तदान

नेपालगन्ज । २० औं विश्व रक्तदाता दिवसको अवसरमा उत्कृष्ठ रक्तदाताहरुलाई सम्मान गर्दै बाँकेमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र द रोयल फिटनेश जोनको संयुक्त आयोजनामा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाहको अध्यक्षता तथा नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती कर्णालीका प्रभारी साधना वाईजीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वाईजी र समाजका अध्यक्ष शाहले १५६ औं पटक रक्तदान गरी उत्कृष्ठ स्वयंसेवी रक्तदाताहरु गोपी नाथ वैश्य, ७६ औं पटक रक्तदान गर्ने उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली, ९५ औं पटक रक्तदान गरी नेपाली पत्रकारहरुमध्ये सबैभन्दा बढी रक्तदान गर्ने पत्रकार पवन जायसवाल र धेरै व्यक्तिहरुको ज्यान बचाउने कार्यमा योगदान पुर्याउनुभएका सुनिल परियारलाई सम्मान पत्रले सम्मानित गर्नु भएको थियो ।

सो अवसरमा नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती कर्णालीका प्रभारी वाईजी, विशिष्ट अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना र समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले रक्तदानको महत्वको बारेमा उत्प्रेरणात्मक मन्तव्य राखेर सबैलाई यस महान अभियानमा सहभागी भई हातेमालो गर्न आग्रह गर्नुभयो ।समाजका कोषाध्यक्ष मनमोहन वर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा द रोयल फिटनेश जोनका अध्यक्ष अमित मल्ल ठकुरी, डा.विनोद कर्ण, रक्तसञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, राजकुमार रोैनियार, शेर बहादुर शाही, कमला ओली, भावना शाह, नेपालगन्ज ग्यालरीका संचालक महेश श्रेष्ठ, समाजका सचिव भिष्म लोध, सुनिल रेग्मी लगायतको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रमको सहआयोजक विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्ध साप्ताहिक थियो भने सहकार्यमा मनशान्ति पोलिक्लिनिक, महालक्ष्मी रिकण्डिसन हाउस, ब्राइट होप एकेडेमी, कालिका मल्टी सप्लायर्स, दिदी बहिनी समाज, नेपाल शिव सेना, नेपाल मानव धर्म सेवा समिति, एकता युवा क्लव पुरैनी, एस. के. डेरी उद्योग, मेडिसिन डिष्ट्रीव्यूटर्स र QbD Pharmacuticals Pvt. Ltd र अन्य सहयोगीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियोे ।

उक्त कार्यक्रममा रक्तदान गर्नेहरुमा प्रकाश अधिकारी, कमलेश शाह, महेश लामिछाने, नरेश यादव, अनिकन तिवारी, अमर बहादुर बम, अमित गुप्ता, गोबिन्द सिंह, अबिकल राज, इसान स्याट, दिनेश काफ्ले, कमला ओली क्षेत्री, बिशाल जिसी, निशान्त बुढाथोकी, हेमन्तराज महत, सवी गुरुङ्ग, बिरु थापा, मीन बहादुर शाह, सन्दिप वर्मा, गोपाल, सञ्जय चौधरी, पवन खडका, भीम पोखरेल, कृष्ण सुवेदी, राजु सुवेदी, भरत बिष्ट, अञ्जली गिरी नवराज खनाल, सञ्जय थापा, पासाङ नुरगुशेर्पा, टोप बहादुर खत्री, सुनील, कविराज चलाउने, सुन्दर क्षेत्री, निशा ओली क्षेत्री, सपना कुवँर योगी, गोरव घर्तीमगर, अनिल चौहान, पवन कुमार पोरवाल, भानु रिजाल, सुमन पण्डित, अमित मल्ल, दिपक थारु, बिजय पाठक, बिवेक मल्ल, स्वास्तिका, अशोक गुरुङ्ग, रोहित राना, एकता युवा क्लबका अध्यक्ष राजेश यादव, पुजा परियार लगायत ५१ जनाले रक्तदान गरेका छन् ।

सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, रामभक्त लम्साल, होमराज गिरी, सुनिता कुमाई, सन्दीप आचार्य र केशर सिंह डाँगीले प्राविधिक सहयोग गरेका थिए ।

Previous articleप्रचण्ड गर्मी छल्न बाँकेका साहित्यकारहरुको दैलेखसम्म साहित्यिक यात्रा
Next articleफोहोरबाट मोहर बनाउने तालिम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here