फोहोरबाट मोहर बनाउने तालिम संचालन

नेपालगन्ज । नेपालगञ्जमा फोहोरबाट मोहर बनाउने सम्बन्धि तीन दिने तालिम संचालन गरिएको छ ।

भेरी वातावरणीय विशिष्टता समुह (वी-ग्रुप) बाँकेको आयोजना र विश्वका चिकित्सकहरुको सहयोगमा संचालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत फोहोरको कम प्रयोग, पुनःप्रयोग, प्रशोधित प्रयोग सम्बधी रणनैतिक प्रवर्द्धन अभियान कार्यक्रमलाई उजागर गर्न सो तालिम संचालन गरिएको हो ।

नेपालगञ्जस्थित महेन्द्र प्रसाद माध्यमिक बिद्यालयमा शुरु भएको तालिमा सो बिद्यालयका ५० जना बिद्यार्थीहरुको सहभागिता रहेको छ । आफ्नो घर, बिद्यालय, कार्यथलो अर्थात फोहोरको प्राथमिक स्रोतमै व्यवस्थापन गर्न यो तालिम आयोजना गरिएको हो ।

तालिममा बिद्यार्थी ज्ञानको सम्बाहक हुन, उनीहरुबाटै घर र समाजमा सन्देश जाने भएकाले कागज, पोलीथिन, पानीको बोतल, चिसोको बोतल, पुराना सारी, प्लास्टिकका खोस्टाहरु आदि फोहोरहरुको प्रयोग गरि नयाँ सामाग्री तयार गर्न सिकाइने प्रशिक्षक श्रीरेन्द्र प्रकाश पोख्रेलले जानकारी दिनुभयो ।

प्रशिक्षक पोखरेलका अनुसार सो सामाग्रीको प्रयोगबाट नै फुलको गुच्छा, बस्ने कुर्सी, चकटीलगायत विभिन्न किसिमका सजावट एवं अन्य आवश्यक बस्तुहरु बनाउन सकिने तथा प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्न सकिने सकिनेछ ।

जथाभावी उत्पन्न भएको फोहोरलाई मोहोर बनाउने अर्थात बेकारबाट अविष्कार गरिने कुराले फ़ोहोरको मूल्य बढाउने र फोहोरको सहि व्यवस्थान हुने भएकाले जनचेतनामुलक अभियान बिग्रुपले संचालन गरेको सो परियोजनाका संयोजक इन्द्रजीत सुनारले बताउनुभयो ।

Previous article२० औं विश्व रक्तदाता दिवस, उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै वृहत रक्तदान
Next articleनेपालगञ्ज-२० मा मानव बेचबिखनबिरुद्धको सचेतनामूलक कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here