
नेपलागञ्ज । नेपालगञ्ज वडा नं-२० मा मानव बेचबिखनबिरुद्धको एक दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
वडा कार्यालयको आर्थिक सहयोगमा सभ्य समाज नेपाल बाँकेको आयोजनामा शनिबार मानव बेचबिखनबिरुद्ध एक दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मानव बेचबिखन, यसको प्रकार, अवस्था, बैदेशिक यात्रा, समजमा मानव बेचबिखनको जोखिम लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा वडाका महिला सदस्य कल्पना थापा क्षेत्री, दलित महिला सदस्य चन्द्रानी हरिजन, वडा सचिव ब्रज भुषण झा, प्रहरी चौकी गनापुरका प्रमुख र स्थानीयको सहभागिता रहेको थियो ।
सो क्रममा बोल्ने व्यक्तिहरुले बैदेशिक यात्रा तथा मानव बेचबिखनमा भोगेका समस्या र जिज्ञासा राखेका थिए भने वडा सदस्यहरुले बोल्दै वडामा यस्ता खालको गतिबिधि गर्नेहरुलाई पहिचान गर्नुपर्ने तथा शंका लाग्ने बित्तिकै प्रहरीलाई खबर गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रमलाई माइती नेपालकी फिल्ड संयोजक पुष्पा सुनारले सहजीकरण गर्नुभएको थियो भने समाजका सचिव सोम गुरुगंले संचालन तथा व्यवस्थापन गर्नुभएको थियो ।





