आजदेखि राम जानकी मन्दिरमा हनुमान चालिसा तथा महाआरती कार्यक्रम

नेपालगञ्ज । आजदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ स्थित राम जानकी मन्दिर (बाबाकुट्टी) मा महाआरती कार्यक्रम हुने भएको छ ।

मन्दिरमा आजदेखि प्रत्येक मंगलबार श्री हनुमान चालिसा पाठ‌ तथा महाअरातीको कार्यक्रम शुरु हुन लागेको हो ।

पश्चिममा प्रसिद्ध नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार महाआरतीको कार्यक्रम संचालन भइरहेको छ ।

यससँगै जिल्लाको दोस्रो स्थानका रुपमा पुरैनीस्थित राम जानकी मन्दिरमा श्री हनुमान चालिसा पाठ एंव महाआरती कार्यक्रम शुरु गर्न थालिएको स्थानीय युवा आर्यन नाउँले जानकारी दिनुभयो ।

यस पबित्र कार्यलाई सफल बनाउन स्थानीय युवाहरुले आग्रह गरेका छन् । प्रत्येक मंंगलबार साँझ ७ बजे हुने यस कार्यमा बढिभन्दा बढि सहभागि हुन पनि आह्वान गरिएको छ ।

महाआरती कार्यक्रमको नेतृत्व स्थानीय युवा अमित बर्मा, बिनय नाउँ, आर्यन नाउँ, मनोज काँदु र सन्तोष पासी लगायतले गर्नुभएको छ ।

Previous articleएक वर्षमा ३७ स्टिङ अपरेशन, ७६० जनालाई भ्रष्टाचार मुद्दा
Next articleप्रदेश सांसद काफ्ले विद्यार्थीसँग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here