
नेपालगन्ज । लुम्बिनी प्रदेश सामानुपातिक सांसद अम्बिका काफ्ले नेपालगन्ज-१९ शान्तीनगरस्थित ब्रिटिस ईंग्लिश स्कुलमा अध्ययनरत माबि तहका विद्यार्थीको सामाजिक अध्ययन विषयकाे संघीयता पाठको बारेमा छलफल गर्नुभएकाे छ ।
नेपालगन्जस्थित साे बिद्यालयमा मंगलबार उपस्थित भई माबि तहाका बिद्यार्थीकाे कक्षा काेठामा पुगेर सामाजिक बिषयकाे संघीयता पाठ अन्तर्गतका बिषयमा छलफल गर्नुभएकाे हाे ।
राजनीतिक दल ? संघीयता ? संघीय र प्रदेश सरकारकाे काम कर्तव्य ? बजेट भनेकाे ? संघीयताकाे फाईदा र बेफाइदाको बारेमा छलफल गर्नुभएको थियो ।
विद्यार्थीहरुले उत्सुकता पुर्वक सुनेका थिए र विद्यार्थीको कौतुहल्ता मेटाउन, प्रदेश र संघको बारेमा जानकारी दिलाउन सांसद काफ्लेलाई बिधालयमा बोलाईएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले बताउनुभयाे ।
छलफलमा विद्यार्थीहरुले आफ्नो देश आफ्नो भूगोल, आफ्नाे प्रदेश सांसदको बारेमा बुझ्नुपर्छ र यसरी विद्यार्थीलाई प्रत्यक्ष भेटेर आफ्नै काम कर्तव्यका बारेमा सिकाउन पाउँदा खुशी लागेको सांसद काफ्लेले प्रतिक्रिया दिनुभयाे ।
कक्षा १० मा अध्ययनरत सिमरन पौडेलले आफ्नो प्रदेश र संघको काम कर्तव्यको बारेमा लागेको जिज्ञासा मेटिएको तथा संघीयताकाे फाईदा बेफाइदा, बजेट के हो ? कसरी बनाईन्छ । मुख्यमन्त्री कसरी छनाैट प्रक्रिया, मन्त्रीहरुकाे काम कर्तब्यको बारेमा जानकारी पाएकाे बताउनुभयाे ।
यस्तै कक्षा १० मै अध्ययनरत रमेश ओलीले आफुलाई प्रदेशको काम कर्तव्य र संघीय सरकारको बारेमा जानकारी भएकाे बताउनुभयाे । सांसदसँग विद्यार्थीहरुलाई प्रत्यक्ष भेट्न पाउने अवसरले बिद्यार्थीमा जागेका अनेकौ प्रश्नहरु समाधान हुने र विद्यार्थीलाई प्रेरणा मिल्ने प्रधानाध्यापक काफ्लेले जानकारी दिनुभयाे ।





