अछामी सेवा समाज बाँकेकाे रक्तदान, ७५ जना सहभागी

नेपालगन्ज । अछामी सेवा समाज बाँकेले आफ्नाे स्थापना दिवसकाे अवसरमा साेमबार रक्तदान कार्यक्रम गरेकाे छ ।

सााज बाँकेले १८ औं स्थापना दिवसकाे अवसरमा नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा रहेकाे रक्तसंचार सेवा केन्द्रमा साेमबार रक्दान कार्यक्रम गरेकाे हाे । कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।समाज बाँकेका अध्यक्ष पुष्कर बहादुर खड्‌काकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका रूपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक मोहन बहादुर कुँवरकाे उपस्थिति रहेकाे थियाे ।

अतिथिका रूपमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईकाे समेत उपस्थिति रहेकाे साे कार्यक्रमलाई समाजका सचिव भुपालमान बिष्टले संचालन गर्नुभएकाे थियाे ।

Previous articleजानकीमा एक वर्षमा ३२ वटा मुद्दा फछ्र्यौट
Next articleडुबेर हुने मृत्यु रोकथाम दिवस नेपालगंजमा मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here