
नेपालगंज । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा डुबेर हुने मृत्यु रोकथाम दिवस नेपालगंजमा सम्पन्न भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन अर्चायले नाला, पोखरी र नदीहरुका नुहाउदाँ वा अन्य क्रियाकलाप गर्दा डुबेर मृत्यु हुने गरेको बताउदै गत आर्थिक वर्षमा २५ जनाको डुबेर मृत्यु भएको जानकारी दिनु भयो । उहाँले हरेक महिना विपद्का विभिन्न घटनाहरु हुने गरेका कुरा उल्लेख गर्नु भयो ।
दिवसका अवसरमा नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई, प्रमुख प्रशासकीय अधिकृत शिवराम रिजाल, रेडक्रस बाँकेका मन्त्री अजीज अहमद सिद्धिकी, उपमन्त्री तेजबहादुर सुवेदी, सुरक्षा निकाय लगायत रेडक्रसका प्राथमिक उपचार स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।





