नरैनापुरस्थित राप्तीमा फसेका २६ जनाको उद्धार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

एक्कासी नदीको बहाव बढेपछि फसेका २६ जनाको मंगलबार साँझ उद्धार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको बहाव बढेपछि भंगालोमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं.३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामग्रीसहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको हो ।

Previous articleसुन काण्डमा मुछिएका डिएसपी केसी बर्खास्त
Next articleबैजनाथमा बिषयगत शाखा प्रमुखहरु बिदा नलिएरै बिदामा बसेको खुलासा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here