अवैध रुपमा संचालित क्लिनिकका दुई जना सञ्चालक पक्राउ

धनगढी । धनगढीमा अनुमति नलिएर अवैध रुपमा संचालित क्लिनिकका दुई जनालाई पक्राउ गरिएको छ ।

स्वास्थ्य कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका वडा नं-३ को बोराडाँडी र वडा नंं-७ को देवहरियामा अनुमतिविना सञ्चालन गरिएका दुई वटा क्लिनिकका सञ्चालकलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

बोराडाँडीमा रहेको अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र देवहरियाको अभिनव हेल्थ क्लिनिककी सञ्चालक २१ वर्षीया कमला बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिनुभयो ।

पक्राउ गरिएका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleबैजनाथमा बिषयगत शाखा प्रमुखहरु बिदा नलिएरै बिदामा बसेको खुलासा
Next articleयौन तथा प्रजनन् स्वास्थ्यका बारेमा धार्मिक अगुवा तथा ‘बडघर’लाई तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here