बन कर्मचारीको मिलेमतोमा कम्दीमा काठ तस्करी

फाईल तस्बिर

नेपालगन्ज । बाँके कम्दीस्थित गोकुल सामुदायिक बनका पदाधिकारीले अबैध रुपमा काठ चोरी तथा विक्री वितरणमा सक्रिय देखिएका छन । वन डिभिजन कार्यालयका कर्मचारीको समेत संलग्नतामा बन समुहका पदाधिकारीहरुले खुलेआम अबैध रुपमा काठ चोरी निकासीको कार्य गरिरहेको स्थानीय उपभोक्ताले गुनासो गरेका छन ।

गत साउन १ गते गोकुल सामुदायिक बनका अध्यक्ष टुन्नु भन्ने राजेश यादव, सचिव मालती प्रसाद यादव र कोषाध्यक्ष खेमलाल सोनकरलगायतको समूहले कसैलाई जानकारी नदिई लुकीछिपी रसिद काटी सिसमको काठ बाँके जानकी गाउँपालिका-६ स्थित श्री शिवशंकर सःमिलमा लगेर चिरान गराएका छन् ।

उनीहरुले करिब ३६४ क्युफिट सिसमको काठ विक्री वितरण गरिएको पाइएको छ । समूहले घाटगद्दी गरेको स्थानबाट काठ मिलसम्म पु¥याइ विक्री गरेको हो । बन समूहले आफना नातागोता र अन्य गैर उपभोक्ताको नाममा केही रसिद काटेर काठ तस्करी गरिएको छ । समुहले वनका कर्मचारीसँगको मिलेमतोमा निरन्तर रुपमा काठको चोरी शिकारी गर्दै आएको प्रत्यक्षदर्शी बताउँछन ।

यस विषयमा बन डिभिजन कार्यालयसँग बुझ्दा एक अधिकृतले सो बन समूहकै पक्षमा कुरा गर्दै समूहको अन्य विपक्षी रहेकाले उनीहरु गुनासो गरेको प्रतिक्रिया दिएका छन । बन अधिकृत रमेश बुढाथोलीले त्यस घटनाबारे गुनासो तथा उजुरी परेकाले त्यस विषयमा आवश्यक छानविन गर्न थालिएको बताउनुभयो । उहाँले छानविनको कुरा गरिरहँदा बन समूहको पक्षमा कुरा गरेपछि मिलेमतोको आंशका गर्न सकिन्छ ।

बन समुहले आफ्नो विधी विधान र नियमसंगत रुपमा काम नगरी चोरी शिकारीमा बढी क्रियाशिल भएपछि उपभोक्ताहरु स्वयम् कारबाहीको माग गर्दै बन कार्यालयमा उजुरी समेत दिएको स्थानीय उपभोक्ता सुर्यलाल यादवले बताउनुभयो ।

Previous articleयौन तथा प्रजनन् स्वास्थ्यका बारेमा धार्मिक अगुवा तथा ‘बडघर’लाई तालिम
Next articleभेरी पश्चिमकै रिफरल अस्पतालको रुपमा स्थापित : स्वास्थ्यमन्त्री खनाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here