स्थापना दिवसको अवसरमा आश्रममा सहयोग

नेपालगञ्ज । अछामी सेवा समाज बाँकेले १८ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा रहेका व्यक्तिहरुलाई एक छाक खिर खाने बराबरको रकम प्रदान गरेको छ ।

समाज बाँकेले सोमबार नेपालगञ्जस्थित मानव सेवा आश्रममा पुगेर आश्रमका संयोजक उर्विन सापकोटालाई एक छाक बराबरको १२ हजारको चेक प्रदान गरेको हो ।

समाजका अध्यक्ष पुष्कर बहादुर खड्काले साउन १५ खिर खाने दिन र स्थापना दिवसको अवसर पारेर सहयोग गर्नुपर्ने भावना अन्यमा समेत जागृत होस भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

आश्रममा हाल ५३ जनालाई रहेका छन् । समाजले बिभिन्न समयमा यसखालको सामाजिक कार्य गर्दै आएको जनाएको छ ।

Previous articleनेपाली सेनाद्वारा बृहत बृक्षारोपण कार्य शुरु
Next articleमानव बेचबिखन नियन्त्रणमा पालिकाको भूमिका बिषयमा प्रशिक्षण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here