
नेपालगञ्ज । मानव बेचबिखन तथा ओसार पसारबिरुद्धमा स्थानीय तहको भूमिका बिषयमा नेपालगञ्जमा दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
मानव बेचबिखन बिरुद्धमा स्थानीय तहलाई आफ्नो भूमिकालाई पहिल्याउन बाँकेका स्थानीय तहको सहभागितामा सोमबारदेखि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।
युएसएडको आर्थिक सहयोगमा विनरक इन्टरनेशनल नेपालको सहकार्यमा र कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्र (सेलर्ड) ले हाम्रो सम्मान परियोजना अन्तर्गत आयोजना गरेको कार्यक्रममा जिल्लाका बिभिन्न पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
दुई दिनसम्म मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी अवधारणागत स्पष्टता, मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी राष्ट्रिय कानूनी व्यवस्था, अपराधमा पिडितकेन्द्रीत न्यायको अवधारणा, बेचबिखन नियन्त्रणका लागि स्थानीय तहमा भएका पहलहरु, पालिकास्तरीय स्थानीय समितिको भूमिका र सामाजिक सूचना व्यवस्थापन प्रणाली र यसको कार्यान्वयनमा स्थानीय सरकारको भूमिका बिषयमा प्रशिक्षणमा हुनेछ ।
कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, सामाजिक बिकास संयोजक कृष्णा कुमारी बिक पोखरेल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मी, कोहलपुर नगरपालिकाका आर्थिक बिकास समिति सदस्य अनिता बुढाक्षेत्री, नेपालगञ्ज, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका कार्यपालिका सदस्य, मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको पालिकास्तरीय तथा वडास्तरीय स्थानीय समितिका पदाधिकारी लगायतको सहभागिता रहेको छ ।
कार्यक्रममा पूर्व नायब महाधिवक्ता कृष्ण जीवी घिमिरे, अधिवक्ता सतिश कुमार शर्माले प्रशिक्षण दिइरहेको सेलर्डकी परियोजना संयोजक एव अधिवक्ता प्रकृति कार्कीले जानकारी दिनुभयो ।





