माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगायो

काठमाण्डौं । जथाभावी पार्टीका केन्द्रीय सदस्य बनाउने तर त्यसको अद्यावधिक नगर्दा केन्द्रीय सदस्यको संख्या समेत थाहा पाउन नसकेको माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको छ।

मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि केन्द्रीय सदस्यलाई परिचयपत्र वितरण गर्ने क्रममा माओवादीले आफ्ना पार्टीका केन्द्रीय सदस्यको को हुन् भनेर पहिचान गरेको हो ।

पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले सबै केन्द्रीय सदस्यहरूको कार्ड छपाइको काम सकिएको र आफ्नो पार्टीमा ३८७ जना केन्द्रीय सदस्य रहेको जानकारी दिनुभयो ।

यसअघि गत पुसमा भएको पार्टी महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव भएको थियो । त्यसयता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड ले अन्धाधुन्ध केन्द्रीय सदस्य मनोनयन गर्दा त्यसको संख्या झण्डै साढे पाँच सय पुगेको थियो । तर यसको रेकर्ड कतै पनि राखिएको थिएन ।

अहिले केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि ती सदस्यहरूबारे अध्ययन गरेर संख्या निर्धारण गरिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ ।

Previous articleमानव बेचबिखन नियन्त्रणमा पालिकाको भूमिका बिषयमा प्रशिक्षण शुरु
Next articleकर्णालीमा विद्युतसम्बन्धी विधेयक टेबुल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here