
नेपालगन्ज । नवौं बृहत तथा बर्दिया जिल्लास्तरीय महिला बिशेष प्रथम रक्तदान कार्यक्रम गरिएको छ । आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यसहित पाँच जनालाई बर्दियाको भुरी गाउँमा सम्मान गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्य १७५ औं पटक रक्तदान, केन्द्रीय सदस्यद्धय प्रवास शाक्य ७९ पटक, प्रेम प्रसाद लम्साल ६५ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३१ पटक, बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९६ पटक रक्तदान गर्नुभएकोमा सम्मान गरिएको हो ।
“रक्तदान जीवनदान” भन्ने उद्देश्यका ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवार र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उप-प्रमुख बीना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, समाज बर्दियाका अध्यक्ष लम्सालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक महेश रानाक्षेत्रीलाई हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
जनस्वास्थ्य अधिकृत बिष्णु ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवारकी नगर उप–प्रमुख भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ४४ महिलासहित २ सय ७ जनाले रक्तदान गरेका छन् ।





