नेपाल प्रेस युनियन बाँकेद्वारा पहिलो पटक स्मारिका प्रकाशन

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पहिलो पटक स्मारिका प्रकाशनमा ल्याएको छ । ‘समृद्धिका लागि सञ्चार’ नामक स्मारिकाको १२ औं जिल्ला अधिवेशनमा प्रमुख अतिथी एवम् नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर, विशिष्ट अतिथी एवम् युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, विशिष्ट अतिथी एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, वरिष्ठ पत्रकार पुरुषोतम दाहाल, संबिधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलिप पौडेल, युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले विमोचन गर्नुभएको थियो ।

उक्त स्मारिकामा समग्र नेपाली पत्रकारिताका विभिन्न विषय, युनियनको इतिहास, युनियन बाँके शाखाको गतिविधि लगायत समेटिएको छ । स्मारिकाको वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्यले सम्पादन गर्नुभएको छ ।

स्मारिकाले नेपाली पत्रकारिता र युनियनको गतिविधिलाई समेट्न खोजेको बताउनुभयो । छोटो समयमा पनि पत्रकारका लेखहरु र थोरै विज्ञापन राखेर भएपनि स्मारिका प्रकाशन गरेको उहाँले सुनाउनुभयो ।

अधिवेशन समारोहमा बोल्दै युनियन बाँकेका अध्यक्ष ओलीले स्मारिकामा आमसञ्चार र नेपाली पत्रकारिता सम्बन्धित विविध सामग्री समेट्ने प्रयास गरिएको बताउनुभयो । युनियन बाँकेको इतिहासमा यो एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहने ओलीको अपेक्षा छ ।

Previous articleभवन निर्माणका लागि नेपाल प्रेस युनियन बाँकेलाई जग्गा प्राप्त
Next articleगुट बनाउने बेला नभई संगठन बनाउने बेला हाे : कांग्रेस नेता गिरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here