स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवाका घर घरमा सेवा

डुडुवा । स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ ।

गाउँपालिकाका सम्पुर्ण नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने रणनिति अनुरुप २०७४ सालमा संचालित अभियान कोभिड-१९ का कारणले केही वर्ष प्रभावित भएपछि अहिले पुनः दोस्रो चरणको अभियानको शुरुवात गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुरुको वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर शुरु गरेको अभियानलाई अझै प्रभावकारी बनाउन दोस्रो चरणको अभियान शुरु गरेको बताउनुभयो ।

सो अभियानको आज एक कार्यक्रमकाविच शुभारम्भ गर्दै अध्यक्ष चौधरीले पालिकाका कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्नका लागि जनताका घरदैलोमै स्वास्थ्यकर्मी पुगेर उपचार सेवा उपलब्ध गराएको बताउनुभयो ।

उहाँले घर-घरमा स्वास्थ्य सेवासंग ज्येष्ठ नागरिकको उपचारलाई पनि प्रभावकारी बनाइएको भन्दै अब स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन निःशुल्क प्रयोगशाला र अस्पतालको व्यवस्थापन गर्ने बताउनुभयो ।

गाउँपालिकाको वडा नंं-१ देखि ६ वटैसम्म ६ वटा टोलीमार्फत २४ जना स्वास्थ्यकर्मीलगायतको टोली परिचालन गरिएको छ । टोलीले प्रत्येक घरमा पुगेर हरेक व्यक्तीलाई स्वास्थ्य कार्ड वितरण गरिरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य कार्ड वितरणसंगै हरेक नागरिकको स्वास्थ्य परिक्षण तथा दिर्घरोगीहरुको बारेमा जानकारी लिनेछ । डुडुवाको जनसंख्या ४४ हजार १ सय ४४ जना व्यक्तीको स्वास्थ्य कार्ड वितरण गर्ने योजना रहेको छ ।

टोलीले कृषि, पशु र पञ्जीकरणसम्वन्धी सूचना संकलन, अभिलेखीकरण र आवश्यक जानकारी समेत लिइरहेको छ । पालिकाले यसवर्षदेखि चारवर्षे विशेष रणनितिका साथ काम गर्न शुरु गरेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले शुरुको वर्षदेखि विशेष योजनाका साथ शुरु गरेको कार्यलाई अब प्रभावकारी बनाइ अन्तिम रुप दिइनेछ । सो अभियानको गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले वडा अन्र्तगत विभिन्न स्थानबाट शुरुवात गर्नुभयो ।

Previous article‘कांग्रेस आफ्नो खुट्टामा उभियो भने कसैले हल्लाउन सक्दैन’ : डा.कोइराला
Next articleराष्ट्रसेवक कर्मचारीलाई बाँके प्रशासनले भन्यो-‘नगर विकासमा जग्गा बनेका संरचना खाली गर’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here