सार्वजनिक यातायात शुल्कमा छुट कार्यान्वयन गर्न अनेरास्ववियुको माग

नेपालगञ्ज । सार्वजनिक यातायातमा बिद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले माग गरेको छ ।

सार्वजनिक यातायातमा बिद्यार्थीलाई छुटको व्यवस्था रहने भनेर बिगतमा व्यवस्था भएपनि यातायात व्यवसायीहरुले कहि कतै नदिएको भन्दै सो छुटको व्यवस्था कार्यान्वयन माग गरेका हुन ।

अनेरास्ववियुले बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाउँदै सो व्यवस्था कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश बिकको नेतृत्वमा पुगेको बिद्यार्थीहरुको समूहले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई ज्ञापन पत्र बुझाउँदै पश्चिमको शैक्षिक हबका रुपमा रहेको नेपालगञ्जमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई यातायात शुल्कमा गाह्रो हुने गरेको भन्दै छुटको व्यवस्था लागु गराउन माग गरेको हो ।

साथै अनेरास्ववियुले आफुहरुको माग कार्यान्वयन नभए चरणबद्ध आन्दोलन गरिने र सोबाट उत्पन्न क्षतिको जिम्मेवारी स्वयं सम्बन्धित निकायले लिनुपर्ने चेतनावनी समेत दिएको छ ।

अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र

Previous articleराष्ट्रसेवक कर्मचारीलाई बाँके प्रशासनले भन्यो-‘नगर विकासमा जग्गा बनेका संरचना खाली गर’
Next articleच्याउ नचिन्दा दैनिक गईराछ अकालमा ज्यान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here