
स्वर्गद्वारी । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले संगठन बलियाे बनाउन नेपाल प्रेस युनियनकाे नेतृत्वले आत्म समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे स्वर्गद्वारीमा शुक्रबारदेखि शुरू भएकाे प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति पुनले नेतृत्व गर्छु भन्ने तर आत्म समिक्षा नगर्ने परिपाटी देखिएकाे बताउनुभयाे ।
भेलाकाे उद्घाटन शत्रमा बाेल्दै सभापति पुनले युनियन मात्रै नभएर जिल्लाका पार्टी सभापतिले आत्मआलाेचना गरेर अघि बढ्नुभएकाे थियाे ।
´काँग्रेसभित्र व्यक्ति हाबी भएका कारण सबैतिर गुनासा मात्र बढेेकाे छ,` सभापति पुनले भन्नुभयाे, अहिलेदेखि नै नेतृत्व सच्चिन जरूरी छ । उहाँले गुनासाहरू समाधान गरेर अघि बढ्न बढ्न नेतृत्वलाई आग्रह गर्नुभयाे ।
प्रदेश तथा जिल्लामा प्रेस सल्लाहकार राख्ने कुराकाे आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे । साथै काँग्रेस जितेकाे स्थानीय तहहरूमा समेत प्रेस सल्लाहकार राख्ने कुरामा आफ्नाे ध्यान केन्द्रीत हुने बतायनुभएकाे थियाे ।
उद्घघाटन सत्रमा लुम्बिनी प्रदेका ११ वटा जिल्लाका प्रेेस युनियनका अध्यक्षहरूले काँग्रेसले जितेकाे स्थानीय तहका नेतृत्वकर्ताहरूले युनियनलाई वेवास्ता गरेकाे धारणा राखेका थिए ।
युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गाैतमकाे अध्यक्षतामा संचालित शत्रमा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, माधव अर्याल लगायत युनियन र पार्टीबीच समन्वयकारी भुमिकामा जाेड दिनुभएकाे थियाे ।





