ठुलो परिमाणको खैरो हिरोइनसहित नेपालगञ्जमा एक जना पक्राउ

नेपालगञ्ज । बाँकेमा धेरै परिमाणको लागुऔषध खैरो हिरोइनसहित एक नेपाली पक्राउ परेका छन् ।

नेपाल भारतको सीमा क्षेत्र जमुनाहा नाकाबाट सोमबार दाङ घोराही नगरपालिका वडा नं-११ का २५ वर्षीय सन्जय नेपाली खैरो हिरोइनसहित पक्राउ परेका हुन ।

भारतीय बजार रुपैडिहाबाट सोमबार दिउँसो नेपालतर्फ आउन लागेका नेपालीलाई चेकजाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई राखेको अवस्थामा ५० ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको थियो ।

नेपालीलाई शंकाका आधारमा खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको लागुऔषध व्यूरोले जनाएको छ ।

नेपालीले बायाँ खुट्टाको जुत्ताभित्र उक्त खैरो हिरोइन लुकाएर राखेको अवस्थामा व्यूरोको टोलीले फेला पारेको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले पछिल्लो सयमको सबैभन्दा धेरै परिमाणको लागुऔषध पक्राउ गरिएको जानकारी दिनुभयो ।

Previous articleपाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाईंदै
Next articleएनएमबि बैंक र व्यवसायीक प्रतिष्ठानबीच सम्झौता : ग्राहकले पाउने छन् छुट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here