शिक्षकहरुको न्यायोचित माग सम्बोधन गर्न कांग्रेस बाँकेको अपिल

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गर्न अपिल गरेको छ । काँग्रेस बाँकेले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै शिक्षकहरुले शुरु गरेको अन्दोलनका जायज मागहरु सम्बोधन गर्न अपिल गरेको हो ।

काँग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले जारी गर्नुभएको बिज्ञप्तिमा शिक्षक र सरकारलाई संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अबिलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल गरिएको छ ।

काँग्रेस बाँकेको जारी बिज्ञप्ति
शिक्षाको ज्योति छर्ने शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु निकै दुःखद् पक्ष हो । लाखौं बालबालिकाहरु पठनपाठनबाट बञ्चित हुने अवस्था सिर्जना भएको विषम् परिस्थितिप्रति गम्भीर बन्न आवश्यक छ ।

शिक्षकको आन्दोलनप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न नेपाली कांग्रेस बाँके नेपाल सरकारसमक्ष जोडदार अपिल गर्दछ ।

बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐनमार्फत बर्षौंदेखि अल्झिएका समस्याहरुको गाँठो फुकाउन सरकारले यथोचित पहल गर्नुपर्दछ ।

शिक्षा विधेयक संसदमा दर्ता भएको अवस्थामा त्यसमाथि छलफल गर्ने, संशोधन गर्ने र शिक्षकहरुलाई आत्मसम्मान महसूस हुने गरी निष्कर्षमा पुग्ने भरोसा शिक्षकहरुलाई दिलाएर पठनपाठनको वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । तसर्थ सरकारले ठोस अग्रसरता लिन जरुरी छ ।

शिक्षक र सरकारलाई संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अबिलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल गर्दछौं ।

Previous articleमुख्यमन्त्रीलाई राउटेले भने : ‘सरकारले हाम्रो जनतालाई दशै खर्च दिनु पर्‍यो’
Next articleप्रतिनिधि सभा सदस्य डा.राणाले गरे यादव समाजलाई सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here