प्रतिनिधि सभा सदस्य डा.राणाले गरे यादव समाजलाई सहयोग

नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य डा.धवल शम्शेर राणाले यादव समाज बाँकेलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

डा.राणाले आफुले प्रतिनिधि सभा सदस्य पदमा रहेर पाउँदै आएको भत्ताबापतको रकम यादव समाज बाँकेलाई बिहीबार सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।

यादव समाज बाँकेका पदाधिकारीहरुसहित अध्यक्ष सूर्यलाल यादवलाई एक समारोहकाबीच डा.राणाले पचास हजार बराबरको चेक प्रदान गर्नुभएको छ ।

सो क्रममा बोल्दै उहाँले सामाजिक कार्यमा सक्रियता देखाएको समाजले पछाडी परेकाहरुको नेतृत्व बिकास लगायतका सकारात्मक कार्यमा सहजता पुग्न आफुले सहयोग गरेको बताउनुभएको थियो ।

यस्तै समाजका अध्यक्ष यादवले पछिल्लो समयमा समाज समुदायसम्म पुगेर समस्याहरुलाई निराकरण गर्ने कार्यमा अघि बढेको र त्यस्ता कार्यहरु गर्न माननीय ज्यूको सहयोगले थप सहज बनाउने बताउनुभयो ।

डा.राणाले सामाजिक कार्यमा सक्रिय संघ संस्थाहरुलाई बिगतदेखि नै सहयोग गर्दै आउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदाका समयमा पनि आफुले पाउने भत्ता बिभिन्न संघ संस्थालाई प्रदान गर्दै आउनुभएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्षद्धय बिमला यादव, हेमराज यादव, सचिव रमेश यादव लगायतको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Previous articleशिक्षकहरुको न्यायोचित माग सम्बोधन गर्न कांग्रेस बाँकेको अपिल
Next articleपूर्व विद्यार्थी समाजको निःशुल्क आँखा परीक्षण शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here