
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा गुणस्तरीय शिक्षा र सामाजिक न्यायसहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताउनुभएको छ ।सुर्खेतमा मंगलबार प्लान इन्टरनेशनलको ४५ औं बार्षिक उत्सवका अवसरमा आयोजित ५ बर्षे राष्ट्रिय रणनीति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
‘दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी छ । त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरीय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसरसहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएका छौँ ।,’ उहाँले भन्नुभयो, ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी बनाउने महान अभियानमा सरकार र साझेदार निकायहरुको सहकार्य आवश्यक छ । हामी काम गर्ने बातावरणसहितको सहयोग गर्ने तयार छौँ ।’
सरकारको नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यान्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो रहेको बताउँदै कर्णालीमा बालबालिकाहरुको उज्वल भबिष्य निर्माणका लागि शिक्षामा सुधार, सामाजिक विभेद र कुप्रथाहरुको अन्त्य जरुरी रहेको मुख्यमन्त्रीले शर्माले बताउनुभयो । उहाँका अनुसार सरकार त्यसैमा केन्द्रीत भएर सरकारले काम गरिरहेको छ ।
यस्तै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोख्रेलले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले कर्णालीमा विकास र परिवर्तनका सवालहरु धेरै रहेको र त्यसमा प्लान इन्टरनेशनल लगायतका दातृ निकायहरुले गरेको काम प्रसंसनिय रहेको बताउनुभयो ।
सरकारले बालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यशन लगायतका सामाजिक बिकृतिहरुमुक्त समाज, गुणस्तरिय शिक्षा र स्वास्थ्य, बाल संरक्षण जस्ता महत्वपुर्ण सवालहरुमा भौतिक विकासदेखि चेतनाको विकासका लागि पनि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । साथै त्यसमा सरकार एक्लैको प्रयासभन्दा सबैको समन्वयमा गरिने प्रयास थप प्रभावकारी हुनेछ ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले मुलुकको भविष्यसंग जोडिएको बालबालिका र शिक्षाको सवालमा सहकार्य गर्न सबैलाई अपिल गर्नुभयो । ‘गुणस्यरीय शिक्षा र सामाजिक न्याय बिना समाजको समृद्धि सम्भव छैन्,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि प्रदेश सरकारले आधारभुत बस्तु तथा सेवाका लागि गम्भीर ढंगले नीति तथा कार्यक्रम बनाईरहेको छ । त्यसबाट केही बर्षमा नतिजा आउनेछ ।’
कार्यक्रममा प्रदेश सरकारका उर्जा तथा जलश्रोत विकासमन्त्री उर्मिला बिश्वकर्माले कर्णालीका विकटबस्तीहरु पनि गैरसरकारी निकायले गरेको काम उल्लेख्य रहेको बताउनुभयो । उहाँले सरकार पुग्न नसकेको ठाँउमा समेत सरकारसँग समन्वय गरी गैरसरकारी निकाय पुगेर समाजका लागि काम गरिरहेको र यसले सरकारलार्य सहज बनाएको बताउनुभयो ।
कार्यक्रममा प्लान इन्टरनेशलका राष्ट्रिय निर्देशक राम किशनले बालबालिका, किशोर किशोरी र युवाहरुलाई समावेशी, न्याययुक्त र सुरक्षित समाज निर्माणका लागि आफुहरु काम गरिरहेको बताउनुभयो । उहाँले यसै बर्षदेखि कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुमा आफ्नो कार्यक्रम बिस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्लान इन्टरनेशनलका पश्चिम क्षेत्रीय कार्यालय प्रमूख मीना पराजुलीले बालबालिका, किशोरी र युवाहरुको अधिकार प्रवद्र्धन गर्न सरकार जिम्मेबार बन्नुपर्ने बताउनुभएको थियो । उहाँले मुख्यगरी प्रारम्भीक बालबिकास, हिंसाबाट संरक्षण, गुणस्तरीय शिक्षा, सीप विकास, विपद् जोखिम न्यूनिकरण र जीविकोर्पाजनका लागि प्लानले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा जिल्ला समन्य समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्ट, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञनेन्द्र कुमार चौधरी, कालिकोटका प्रमुख धनजित शाही, जुम्लाका प्रमुख गौरीनन्द आचार्य, डोल्पा प्रमुख स्यामबहादुर रोकाया, जुम्लाको हिमा गाँउपालिका प्रमुख लक्ष्मण शाही, कालिकोटको नगरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट, मधुवन नगरपालिका बर्दियाका नगर प्रमुख तेज बहादुर भाट लगायतका सरोकारवालाहरुले कर्णालीको समग्र शिक्षा, स्वास्थ्य र आयआर्जनका सवालहरुमा सरकार र गैरसरकारी निकायहरु सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा प्लान इन्टरनेशन नेपालसँगको साझेदारीमा काम गर्ने गैसस पदाधिकारीहरु, अन्तराष्ट्रीय गैसस समेतको समभागीता रहेको र प्लान आफुले काम गर्ने समुदाय तथा कार्यक्षेत्रमा परियोजनामार्फत गरेको नमूना, वालमैत्री कक्षाहरु, घरमा आधारित सिकाइ बातावरण निर्माणका लागी सिकाइ कुना र क्षमता समानता तथा आकांक्षा प्रबद्र्धनका लागी स्टीम अहेड परियोजना बारे जानकारी दिन स्टल समेत राखिएको थियो । प्लानले कर्णालीमा आगामी ५ बर्षमा ४ अर्ब ५० करोड बराबर बजेट खर्च गर्ने गरी काम गर्ने जनाएको छ ।





