बझाङमा तीन सयबढी परकम्प

नेपालगन्ज । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ ।

केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना-ठूला परकम्प गएका छन् । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिनुभयाे ।

Previous articleप्लानको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक
Next articleएसियाली खेलकुद अन्तर्गत कबड्डीमा नेपाललाई कास्य पदक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here